Breaking News

काठमाडौंमा दोश्रो बुढानिलकण्ठ नगर कप फुटबल हुने

काठमाण्डौ, २९ जेष्ठ । नेपाल खेलकुद महासंघ बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा आगामी असार ९ गतेदेखि काठमाडौंमा दोश्रो बुढानिलकण्ठ नगर कप फुटबल हुने भएको छ ।

नेपाल खेलकुद महासंघ बुढानिलकण्ठ नगर कमिटीले मंगलबार राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै असार ९ देखि असार १६ गतेसम्म प्रतियोगिता हुने जनाएको हो ।

प्रतियोगीतामा १६ देखि २४ सेभन ए साईड फुटवल टिमको सहभागिता रहने आयोजकले जनाएको छ । नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई दुई लाख र उपविजेतालाई एकलाख रुपैयाँ प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

shares