August 19, 2017

प्रहरी सवार मिनि ट्रक दुर्घटनाहुँदा एक जनाको मृत्यु २३ घाइते

काठमाण्डौ ९ जेठ । सुर्खेतको छैडामा २४ जान प्रहरी सवार मिनि ट्रक दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्र ।
कालीकोटबाट सुर्खेत जाँदै गरेको ना १ ग ४६७ नम्बरको मिनी ट्रक सडक बाट १ सय ५० मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी प्रहरी जवान तारा चन्दको मृत्यु भएको हाे ।घाइते २३ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।