Breaking News

सभामुख र उपसभामुखले राजीनामा दिनु पर्दैन: प्रचण्ड

चितवन, २९ जेष्ठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाका सभामुख र उपसभामुखले राजीनामा दिनु नपर्ने बताएका छन् ।

कांग्रेसले सभामुख र उपसभामुख दुवैजना एउटै पार्टीका भएकोले कम्तिमा एक जनाले राजीनामा दिनुपर्ने माग गर्दै आएका बेला प्रचण्डले चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मंगलबार सो कुरा बताएका हुन्।

‘निर्वाचित हुँदै गर्दा उहाँहरू फरक फरक पार्टीमा हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘अहिले ती पार्टी एक भए, तर उहाँहरूले त्यो भदा अघि नै पार्टीबाट राजिनामा दिइसक्नुभएको छ।’

प्रचण्डले सभामुख र उपसभामुख राजनीतिक पार्टीको कुनैपनि जिम्मेवारीबाट मुक्त भइसकेको र एकीकरण अघि नै पार्टीबाट सम्पूर्ण रूपले अलग्गिसकेका कारण राजिनामा दिनु नपर्ने तर्क गरे ।

अध्यक्ष प्रचण्डले प्रत्यक्ष कार्यकारी नेपालका लागि आवश्यक भएपनि त्यो अहिलेको एजेण्डा नभएको समेत बताए ।

shares