Breaking News

ट्रम्प-किम वार्ता, दुर्इ नेताद्वारा संयुक्त दस्तावेजमा हस्ताक्षर

काठमाण्डौ, २९ जेष्ठ । सिंगापुरमा जारी ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

दस्तावेजमा के छ भन्नेबारे नखुलाइएको भएपनि केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो । दुई नेताबीच ३८ मिनेट वार्ता भएको जनाइएको छ ।

संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमसँग निकै राम्रो कुराकानी भएको बताए । उत्तर कोरियासँग र सिंगो कोरियाली प्रायद्विपसँगको सम्बन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए ।

दस्तवेजमा हस्ताक्षर गर्ने सिलसिलामा उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए ।

दुर्इ नेताहरूले राखेको मन्तव्यलार्इ इन्टरप्रेटरमार्फत् भाषानुवाद गरिएको थियो । दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको पनि बताए ।

shares