Breaking News

सामाजिक संजालमार्फत ठगी गर्ने ४ जना पक्राउ

राम कुशवाहा/वीरगंज, २९ जेष्ठ । विभिन्न समाजिक संजालहरूमा चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोहका ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

समाजिक संजाल फेसबुक, ह्वाट्स्अप, ईमो, भाईवर जस्ता समाजिक संजालमार्फत विभिन्न बहाना बनाई सर्वसाधारणलाई ठग्ने ४ जनालाई वीरगंज महानगरपालिका १५ भेडियाहीबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख रेवती ढकालले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं १८ नगवा बस्ने अक्षय कुमार चौरसिया, वडा नं १६ इनर्वा बस्ने युवराज पासवान, वडा नं १९ बस्ने वीरनारायाण चौरसिया र वडा नंं २ रेल्वे रोड बस्ने राहुल कुमार राउत रहेका छन् ।

उनीहरूको साथबाट ठगी गर्ने कार्यमा प्रयोग गर्ने सिमसहितको मोबाईल, नगद र विभिन्न बैंकका एटिएम र भौचरहरू प्रहरीले बरामद गरेको छ । पक्राउ गरिएका ४ जनालाई ठगी मुद्धा चलाइने जनाइएको छ ।

shares