ट्रम्प र किमबीचको शिखरवार्ताका लागि सिंगापुरले १ करोड ५० लाख डलर खर्च गर्ने

काठमाण्डौ, २८ जेष्ठ । सिंगापुरले अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि करिब १ करोड ५० लाख डलर खर्च गर्ने भएको छ ।

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताएका छन् । सो शिखरवार्तामार्फत् आफ्नो देशले चर्चा पाउने र उक्त रकम वार्ताका लागि खर्च गर्नु देशको हितमा रहेको उनले बताए ।

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने उनको बहु-प्रतीक्षित शिखरवार्ताका लागि सिंगापुर पुगिसकेका छन् ।बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको यो पहिलो भेटवार्ता हो ।

परमाणु अस्त्र परित्याग गर्नेसम्बन्धी प्रतिबद्धता किमका तर्फबाट आउने सम्बन्धमा वासिङ्टन अाशावादी रहेको छ । दुर्इ नेताबीच हुन लागेको उक्त शिखर सम्मेलनप्रति हाल विश्वको ध्यान कन्द्रीत भएको छ ।