Breaking News

न्यायालयभित्रको अनावश्यक दरबन्दी हटाइने

काठमाण्डौ, २७ जेष्ठ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले न्यायालयभित्रको अनावश्यक दरबन्दी हटाइने बताएका छन् ।

मेलमिलापसम्बन्धी काम गर्ने संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमममा मन्त्री तामाङले न्यायलयभित्र चाहिनेभन्दा धेरै न्यायाधीश पद रहेको भन्दै मन्त्रालयले त्यसको पुनरावलोकन गर्ने बताएका हुन् ।

समाजमा हुने विवाद, झमेला सकेसम्म मेलमिलापबाटै अन्त हुनुपर्ने, नसकेमा मात्र अदालत पुग्ने मान्यता यस्ता मेलमिलाप केन्द्रको हुने र सरकारले पनि यो कार्यलाई प्राथमिकता दिने मन्त्री तामाङले जानकारी दिए । अहिले न्याय पाउन पीडितलाई निकै समस्या भइरहेको र यसका कारण पीडकले उन्मुक्ति पाउने देखिएको भन्दै उनले अब पीडितलाई छिट्टै न्याय दिने प्रकारको कानून आउने बताए ।

केन्द्रका अध्यक्ष चुपबहादुर थापाले ठूल्ठूला विवादसमेत केन्द्रकै समन्वयमा मेलमिलाप भएको दृष्टान्त राखेका थिए ।

shares