Breaking News

यी हुन् यस विश्वकपमा चम्किन सक्ने युवा खेलाडीहरू

निलम महर्जन/काठमाण्डौ, २७ जेष्ठ । फिफा विश्वकप २०१८ सुरु हुन अब केही दिन मात्र बाँकी छ । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल यही १४ जुनमा रसियाको मस्कोमा अवस्थित लुज्निकी रंगशालामा शानदार उद्घाटन हुनेछ । यसपटक रसियाका विभिन्न ११ शहरका १२ रंगशालामा विश्वकपका ६४ खेलहरू हुनेछन् ।

यस प्रतियोगितामा विश्व फुटबलका स्टारहरूको जति चर्चा छ उतिनै युवा खेलाडीहरूको प्रदर्शनमा धेरैले विभिन्न खाले अपेक्षा पनि गर्न थालेका छन् । विभिन्न क्लबबाट ब्यावसायिक फुटबल खेल्दै आएका ती खेलाडीहरूसामु आफ्नो राष्ट्रलाई जित दिलाउने ठूलो चुनौती खडा छ ।

आफ्नो टोलीलाई जितसम्म डो¥याउने क्षमता राख्ने खेलाडीहरूमा ब्राजिलका युवा खेलाडी गाब्रिएल जेससदेखि फ्रान्सका स्ट्राइकर किलियन बाप्पेसम्म रहेका छन् । रसिया विश्वकपमा गाब्रिएल जेसस ब्राजिली टोलीका महत्वपूर्ण सदस्य हुन् । २१ वर्षीय जेसस म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर हुन् । दुई वर्षअघि ब्राजिल राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ब्राजिलको सेन्टर फरवार्ड समस्यालार्इ समाधान गर्ने अपेक्षा गरिएको छ ।

गाब्रियल जेसस

यता, जर्मनीका २२ वर्षीय स्ट्राइकर टिमो वेर्नर यस संस्करणको विश्वकपमा आशा गरिएका खेलाडी हुन् । गत वर्ष जर्मनीलाई फिफा कन्फेडेरेसन कपमा जिताउन उनले कीर्तिमानी ७ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

टिमो वेर्नर

त्यस्तै, उपाधी दावेदार फ्रान्सका युवा खेलाडी किलियन बाप्पेलाई पनि यस विश्वकपमा उदयीमान खेलाडीका रूपमा लिइएको छ । १९ वर्षका बाप्पे जर्मन क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका छन् । क्लब स्तरमा स्टार खेलाडीको छवि बनाइसकेका बाप्पेले आफ्नो टोली पिएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपुर्ण भूमिका खेलेका थिए ।

किलियन बाप्पे

उपाधी दाबेदार मध्येको एक अर्जेन्टिनाका युवा स्ट्राइक क्रिस्टियन पाभेन रुसमा उदियमान खेलाडीका रूपमा देखिन सक्छन् । अघिल्लो वर्षमात्र राष्ट्रिय टोलीमा डेब्यु गरेका क्रिस्टियन अट्याकिंग पावरमा अब्बल मानिन्छन् । बोका जुनियर्सबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी आफ्नो टोली संघर्षरत भएको अवस्थामा ब्रेक डाउन गर्न सक्ने क्षमता राख्छन् ।

क्रिस्टियन पाभेन

रसियामा चम्किन सक्ने अर्का युवा खेलाडी हुन् स्पेनका माकर्स एसेसिन्यो । २२ वर्ष रियल मड्रिड स्टार एसेन्सियो स्पेनी युवा टोलीका मुख्य सदस्य हुन् । स्पनेको भविष्यका रूपमा हेरिएका एसेन्सियोले क्लब फुटबलमा पारेको प्रभाव रुसमा पनि निरन्तरता दिने अपेक्षा गरिएको छ ।

माकर्स एसेसिन्यो

यता टोटेनह्यामबाट ब्याबसायिक फुटबल खेलिरहेका डेभिन्सन सान्चेज यो विश्वकपमा निकै आशा गरिएका खेलाडी हुन् । कोलम्बियाका २१ वर्षीय सेन्टर ब्याक सान्चेजले विश्वकपमा आफ्नो टोलीका लागि महत्वपुर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

डेभिन्सन सान्चेज

यता एसी मिलानका पोर्चुगीच स्ट्राइकर आन्द्रे सिल्भाले आफ्नो टोलीलाई विश्वकप छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । २२ वर्षीय सिल्भालाई स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको विकल्पका रूपमा पनि हेरिएको छ ।

आन्द्रे सिल्भा

उरुग्वेका डिफेन्डर जोसे मारिया गिमिनेज टोलीका लागि महत्वपूर्ण सदस्य हुन् । २४ वर्षीय यी डिफेण्डर पछिल्लो ३ वर्षदेखि उरुग्वेको राष्टिय टोलीमा छन् र अहिलेसम्म ३७ क्याप जितेका छन् ।

जोसे मारिया गिमिनेज

त्यस्तै, इङ्गल्याण्डका मार्कस र्यासफोर्डपनि यस विश्वकपमा आश गरिएका खेलाडी हुन् । यी लगायत अन्य थुप्रै युवा खेलाडीहरू रसिया विश्वकपमा यादगार छाप छोड्ने धुनमा रहेका छन् ।

मार्कस र्यासफोर्ड
shares