Breaking News

अार्मी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाण्डौ, २५ जेष्ठ । विभागीय टोली त्रिभुवन आर्मी काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश नम्बर ५ लाई १ सय ५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो ।

२ सय ९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नम्बर ५, ३५ दशमलव ५ ओभरमा १ सय ३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जित निश्चित भएको हो । आर्मीका सागर पुन खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाईनल शनिबार एपीएफ र नेपाल पुलिसबीच हुने छ ।

shares