यस्ता छन् काँचो केरा खानुको ५ फाइदा

पाकेको केरा त सबैले मन पराउँछन् नै, तर काँचो केरा प्रायः मानिसहरू खाँदैनन् । केही मानिसहरू काँचो केरालार्इ विभिन्न किसिमका परिकार बनाएर सेवन गर्ने गर्दछन् । तर पनि उनीहरू काँचो केरा सेवन गर्नुको फाइदाको बारेमा जानकार हुँदैनन् । अाउनुहोस्, हामी तपाइँलार्इ काँचो केरा खानुको ५ अद्भूत फाइदाको बारेमा बताउँछौं जुन थाहा पाइसकेपछि तपाइँ पाकेको केरा छोडेर काँचो केरा खान थाल्नुहुनेछ ।

कब्जियतबाट मुक्ति

काँचो केरामा पाइने फाइबर एवं स्वस्थकर स्टार्चले हाम्रो शरीरभित्र कुनैपनि किसिमका हानिकारक तत्व जम्मा हुन दिंदैन । त्यसकारण यदि तपाइँ कब्जियतको समस्या भोगिरहनु भएको छ भने काँच्चो केरा सेवन गरी यसबाट मुक्त हुन सक्नुहुन्छ ।

तौल घटाउन सहयोगी

यदि तपाइँ तौल घटाउने कोशिश गरिरहुनु भएको छ भने काँचो केरा वरदान साबित हुनसक्छ । यसमा पाइने फाइबरले अनावश्यक फ्याट सेल्स (कोषहरू) तथा विकार हटाउन सहयोग गर्छ ।

सुगर नियन्त्रण गर्न सहायक

यदि डायबिटीज वा मधुमेह सुरुवाती अवस्थामा छ भने काँचो केराको सेवन प्रभावकारी मानिन्छ । यसले सुगर लेभल कम गर्न मद्दत गर्दछ ।

भोक मेटाउँछ

भोकलार्इ शान्त गर्न पनि काँचो केराको काम अाउँछ । यसमा पाइने फाइबर्स एवम् अन्य पोषक तत्वका कारण काँचो केराले भोक नियन्त्रण गर्न सहयोग गर्दछ ।

पाचन प्रणालीलार्इ बलियो बनाउँछ

काँचो केराले पाचन प्रणालीलार्इ मजबूत बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । दैनिक रूपमा काँचो केरा सेवन गर्नाले पाचन प्रकृया राम्रो रहन्छ ।

यो पनि पढ्नुहोस्-

कपाल झरेर चिन्तित हुनुहुन्छ? जान्नुहोस् यी ४ घरेलु उपाय