Breaking News

एक भारतीय नागरिक विश्वमै धेरै तलब खाने व्यक्ति बन्दै

काठमाण्डौ, २४ जेष्ठ । हालै एक भारतीय नागरिक विश्वमै सबैभन्दा धेरै तलब खाने व्यक्तिको रूपमा चर्चामा अाएका छन् ।

उत्तर प्रदेशको गाजियाबाद निवासी निकेश अरोड़ा विश्वमै धेरै तलब बुझ्नेमध्येको एक हुने भएका हुन् । बीएचयू आईआईटीबाट पासअाउट विद्यार्थी अरोड़ालार्इ अमेरिकाको सिलिकन भ्यालीस्थित साइबर सुरक्षासम्बन्धी चर्चित कम्पनी पालो आल्टो नेटवर्कले सीर्इअो पदमा नियुक्ती दिर्इ वार्षिक १२८ मिलियन डलर अर्थात् ८५८ करोड भारु तलब प्याकेज अफर गरेको छ ।

चर्चित सफ्ट बैंकको सीर्इअोको रूपमा काम गरिसकेका अरोड़ा सन् २००४ देखि २००७ सम्म गुगलको युरोप अपरेशन हेड थिए । उनी सन् २०११ मा गुगलकै चीफ बिजनेस अफिसर बन्न सफल भए । सन् २०१४ मा गुगल छोडेर सफ्टबैंक ग्रुप कर्पोरेशनमा ग्लोबल इंटरनेट इनवेस्टमेंट प्रमुखको रूपमा काम गर्न सुरु गरे ।

निकेश अरोड़ाका पिता भारतीय वायुसेनामा अधिकारी भएका कारण उनले दिल्लीबाट एयरफोर्सकै स्कुलबाट विद्यालय शिक्षा पूरा गरेका थिए । उनले सन् १९८९ मा बीएचयू आईटीबाट इलेक्ट्रोनिक इंजिनियरिङ्मा ग्र्याजुएशन गरे । त्यसपछि उनले अमेरिकाको बोस्टनस्थित नर्थ इस्टर्न युनिभर्सिटीबाट एमबीए पास गरे । उनले बोस्टन कलेजबाट सन् १९९५ मा चार्टर्ड फाइनेंशियल एनलिस्टको पढाइ पनि पूरा गरे । पढाइको सिलसिलामा पटक-पटक जागिर गर्दै छोड्दै गरेका अरोड़ा हाल विश्वमै धेरै तलब प्राप्त गर्ने व्यक्तिको हैसियतमा पुगेका छन् ।

यसअघि गुगलका सीर्इअो सुन्दर पिच्चर्इ, माइक्रोसफ्ट कम्पनीका सीर्इअो सत्या नडेला जस्ता भारतीय नागरिकहरू धेरै तलब खाने व्यक्तिका रूपमा चर्चामा रहेका थिए ।

shares