October 19, 2017

काठमाण्डौ महानगरपालिकामा एमाले कांग्रेसभन्दा ९ हजार बढि मतले अघि

काठमाण्डौ, ८ जेठ । काठमाण्डौ महानगरपालिकामा १ लाख १ हजार १ सय २३ मत गन्दा एमाले प्रमुख प्रतिद्वन्दी कांग्रेसभन्दा ९ हजार बढि मतले अघि देखिएको छ ।

मतगणनाको ताजा अवस्थामा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ३२ हजार ९ सय ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजनराज जोशीले २३ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा विकेकशील दलकी रञ्जु दर्शनाले १२ हजार ७ सय ३१ मत प्राप्त गरेकी छिन् । त्यस्तै साझा पार्टीका किशोर थापा ९ हजार ६ सय १७ मतका साथ रञ्जुलाई पछ्याइरहेका छन् ।