August 21, 2017

‘केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने

काठमाण्डौ, ८ जेठ । शेर वहादुर स्मृति प्रतिष्ठानको आयोजनामा केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतिष्ठानले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २३ देखि २६ सम्म प्रतियोगिता सञ्चालन हुने जनाएको हो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल भलिवल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा एपिएफ, पुलिस, आर्मी लगाउत ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार, उपविजेताले ७५ हजार र तेश्रो हुने टिमले ५० हजार नगद प्राप्त गर्ने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । त्रिपुरेश्वरस्थित खेलकुद परिषद्को कवर्ड हलमा सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैँया रहेको आयोजकले जनाएको छ ।