October 24, 2017

सरकारले स्थानीय तहको संख्या बढाए निर्वाचनमा भाग लिने संघीय गठबन्धनको जोड

काठमाण्डौ, ८ जेठ । आफूहरुको माग अनुसार नै स्थानीय तहको संख्या बढाउने प्रस्ताव सरकारले स्वीकार गरे निर्वाचनमा भाग लिन संघीय गठबन्धन लचक देखिएको छ ।

सोमबार काठमाण्डौमा बसेको गठबन्धन बैठकले स्थानीय तहको संख्या बढाउने अन्तिम तयारी सरकारको रहेको जानकारी पाएकाले माग अनुसार संख्या निर्धारण भए निर्वाचनमा सक्रिय सहभागिता जनाउने बताएको छ । सरकारको निर्णय अनुसार नै अन्य रणनीति तय हुने गठबन्धनका संयोजक महन्थ ठाकुरले जानकारी दिए ।

बैठकमा गठबन्धनका नेताहरुले सरकारसँग भएको औपचारिक तथा अनौपचारिक छलफलका बिषयमा बैठकमा जानकारी गराएका थिए ।