नयाँ शक्तिले निर्वाचन र आन्दोलनको एजेण्डा सँगसँगै अघि बढाउने

काठमाण्डौ, ६ वैशाख । नयाँ शक्ति पार्टी नेपालले निर्वाचन र आन्दोलनको एजेण्डालाई सँगसँगै अघि बढाउने भएको छ ।

नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी परिषद्को बुधबारबाट काठमाण्डौमा सुरु भएको बैठकमा संयोजक डा.बाबुराम भट्टराईले यस्तो जानकारी दिएका हुन् । नयाँ स्थापित पार्टीलाई नयाँ चिन्ह नदिने निर्वाचन आयोगको सिण्डिकेटका विरुद्ध पनि पार्टीले नयाँ रणनीतिका साथ आन्दोलन अघि बढाउने भट्टराईले बताए ।

त्यस्तै अधिकारको माग राख्दै आन्दोलनरत पक्षको मागको सुनुवाईको सुनिश्चितता गर्दै निर्वाचनमा जानुपर्ने नयाँ शक्तिको भनाइ छ । बैठकले दलीय चिन्हका लागि भएको आन्दोलनको समीक्षा सहित चुनावी तयारीका विषयमा महत्वपूर्ण निर्णय लिने बताइएको छ । बैठक केही दिन चल्ने नेताहरुले जनाएका छन् ।