Breaking News

कारोबार ठप्प पारेपछि शेयरमा लाभकर लगाउने नयाँ व्यवस्था फिर्ता

काठमाणडौ, २३ जेष्ठ । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णय सरकारले फिर्ता लिने भएको छ । लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेपछि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको हो । ।

शेयर कारोबार नै ठप्प भएपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न अादेश दिंदै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।

सेयर बजारका लगानीकर्ताहरूले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै बुधबार धितोपत्र बोर्ड घेराउ गर्न पुगेका थिए । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरू मंगलबार ब्रोकरहरूकोमा गएर कारोबार नै ठप्प पारेका थिए ।

shares