August 23, 2017

सरकारले एकाधिकार कायम गर्न खोजेको भन्दै औषधी व्यवसायीको विरोध

काठमाण्डौ, ८ जेठ । सरकारले नै विदेशी औषधी नेपालमा भित्राउन लागेको भन्दै औषधी विक्रिकर्ता र आयातकर्ताहरुले काठमाडौमा विरोध जनाएका छन् ।

औषधि आयातकर्ता संघ, औषधी बिक्रि संघ लगायतले सरकारले नेपालमा औषधी भित्राएर सिण्डीकेड खडा गर्न लागेको भन्दै काठमाडौको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन् । सस्तोमा औषधी भित्राउने खेलले जनताको स्वास्थ्यसँग खेलवाड गर्न खोजिएको उनीहरुको आरोप छ ।

उनीहरुले २२ सय प्रतिशतसम्म नाफा गर्ने औषधी व्यवसायीलाई कारबाही गर्नुपर्ने, औषधी माफियाकरणको अन्त्य गर्नुपर्ने समेत माग राखेका छन् । विदेशबाट आयात गरिने औषधीको मूल्य बढि तिर्नुपर्ने भएको भन्दै सरकारले नै विदेशबाट औषधी आयात गर्ने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ ।