स्थानीय निर्वाचनमा विजयी लमजुङका उम्मेदवारहरुले शपथ ग्रहण गरे

काठमाण्डौ, ८ जेठ । वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा विजयी लमजुङका उमेदवारहरुले सपथ ग्रहण गरेका छन् ।

४ गाउँपालिका र ४ वटा नगरपालिका रहेको जिल्लाका बेसीशहर र सुन्दरबजार, मध्य नेपाल र राईनास नगरपालिका, तथा मस्र्याङ्दी, दोर्दी, क्होला सोथार र दूधपोखरी गाउँपालिकाका विजयी उमेदवारहरुलाई सपथ गहण गराइएको हो । बेसीशहर नगरपालिकामा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यायाधीश अर्जुन अधिकारीले मेयर, उपमेयर तथा वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन् ।

वडा सदस्यहरुलाई नवनिर्वाचित मेयर गुमानसिंह अर्यालले सपथ ग्रहण गराए । लमजुङमा ५ तहमा एमाले, २ मा कांग्रेस र १ तहमा माओवादी विजयी भएका छन् ।