Breaking News

ग्वाटेमाला ज्वालामुखी: २५ जनाको मृत्यु, सयौं घाइते

काठमाण्डौ, २१ जेष्ठ । ग्वाटेमालामा भएको भयानक ज्वालामुखी विष्फोटमा परी २५ जनाको मृत्यु हुनाको साथै सयौं घाइते भएका छन् ।

राजधानी ग्वाटेमाला सिटीबाट ४० किमी दक्षिण-पश्चिममा पर्ने ठाउँमा विष्फोट भएको उक्त ज्वालामुखीले एल रोडियो नामक गाउँमा ठूलो क्षति पुर्याएको छ । ज्यान गुमाउनेहरूमा अधिकांश बालबालिकाहरू रहेको पनि बताइएको छ ।

लाभाले सिंगै गाउँ नै पुरिसकेको कारण अरू थुप्रै हताहत भएको हुन सक्ने अाशंका गरिएको छ । तीन हजारभन्दा धेरैको उद्दार गरिसकिएको पनि जनाइएको छ । ‘फिगो’ नाम दिइएको उक्त ज्वालामुखीको कारण ग्वाटेमालाको मुख्य विमानस्थल बन्द गरिएको छ ।

यो विष्फोट सन् १९७४ यताकै सबैभन्दा ठूलो भएको विज्ञहरू बताउँछन् । यो ज्वालामुखीको कारण १७ लाख मानिसहरू प्रभावित भएको जनाइएको छ ।

ज्वालामुखीमा भएको मानवीय क्षतिको कारण त्यहाँका राष्ट्रपति जिम्मी मोरेल्सले तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् ।

shares