Breaking News

पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित

काठमाण्डौ, २० जेष्ठ । विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित भएका छन् ।

पारा तेम्वान्दो कमिटिले आईतबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा मेन्टर एजुकेशनल कन्सल्टेन्सीले तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरेको हो ।

सम्मानका लागि मेन्टर एजुकेशनल र पारा तेम्वान्दो कमिटिबीच सम्झौता पनि भएको थियो । सम्मानित हुने खेलाडीमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्व पारा तेक्वान्दो च्याम्पियनसिप तथा कोरियामा भएको एशियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा काश्य पदक विजेता रञ्जना धामी छन् ।

त्यस्तै रुसमा भएको पहिलो आईडब्ल्यूएएस पारा तेक्वान्दो तथा पाँचौं युरोपियन पारा तेक्वान्दोमा काश्य विजेता सीता भण्डारी र भियातनाममा गत महिना भएको एशियाली पारा तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धन पनि नगदसहित सम्मानित भएका छन् ।

shares