August 19, 2017

धुर्मुस–सुन्तली फाउन्डेसनलाई १९ लाख ८० हजार ३६० सहयोग प्रदान

काठमाण्डौ, ८ जेठ । वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ ।

महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम बढेकाे वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिए ।

बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट रकम सङ्कलन गरी गत वैशाख ३ गते धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानसहित सहयोग रकम प्रदान गरिएको थियो ।