Breaking News

नेपालमै ज्ञान र सीप खर्च गर्ने डेनमार्कमा रहेका नेपाली बैज्ञानिकहरुकाे चाहना

गुञ्जनराज गिरी/काठमाण्डौ, १८ जेठ । डेनमार्कमा रहेका नेपाली बैज्ञानिकहरुले नेपालकाे विकास र समृद्धिमा अाफुहरुले योगदान गर्न चाहेकाे बताएका छन ।

नेपालबाट विभिन्न विषय अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरी डेनमार्कमा विज्ञता हासिल गरेका बीस जना भन्दा बढी खोज तथा अनुसन्धानकर्ताहरूले डेनमार्ककाे डेनमार्कस्थित टेक्निकल युनिभर्सिटीमा अायोजित प्रथम नेपाली विज्ञहरूको सम्मेलनमा उक्त धारणा व्यक्त गरेका हुन ।

नेपालिज सार्इन्टिफिक प्यानेल (नेपसप) डेनमार्कको अायोजनामा नेपाली बैज्ञानिकहरूकाे प्रथम सम्मेलन गरेकाे सम्पन्न भएको छ भने सह-अायोजकको भूमिकामा नेपाली दूतावास, गैह्र अावासीय नेपाली संघ डेनमार्क र नेपाल साइन्स फाउन्डेसन ट्रस्ट डेनमार्क रहेका छन् ।

सम्मेलनकाे छलफल सत्रमा  डा. शैलेश मल्ल, एनअारएन डेनमार्कका अध्यक्ष एमलाल सुवेदीले टेक्नोलोजी ट्रान्सफर र इनोभेसनका बारेमा प्रकाश पार्दै डेनमार्कबाट विज्ञता हासिल गरेका नेपाली विज्ञहरूकाे ज्ञान र सीप नेपालका लागि पनि खर्च गर्नु पर्ने कुरामा जोड दिए ।

चार सत्रमा सम्पन्न भएको कार्यक्रममा ‘टेक्नोलोजी, वेस्ट एण्ड इनर्जी’को अध्यक्षता डा. रविकुमार क्षेत्री, ‘एग्रिकल्चर’ को डा. प्रभात खनाल, ‘इनोभेसन’ को डा. नविन अर्याल र ‘सोसल साइन्स एण्ड डेभलपमेन्ट’को संयुक्त रूपमा रूपा मुनाकर्मी र रेवत कुमार ढकालले गरेका थिए ।

त्यस्तै, ‘काठमाण्डौ-कोपेनहेगेन ब्याक एण्ड फोर्थ: एन एन्थ्रोपोलोजिकल जर्नी अफ टु डिकेडस्’ विषयमा सह-प्राध्यापक डा. करेन भ्यालेन्टाइनले एक विशेष प्रस्तुति दिएका थिए । सम्मेलनमा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले दूतावासको शुभकामना व्यक्त गरेका थिए ।

डा. रवि कुमार क्षेत्री

हिमालय टेलिभिजनसँग कुरा गर्दै डा. रविकुमार क्षेत्रीले भने, “डेनमार्कबाट स्कलरशीप पार्इ विविध विषयमा विज्ञता हासिल गरेका नेपालीहरूको यस्तो किसिमको भेला गर्न पाउनु अा-अाफ्नो विज्ञता प्रकट गर्न पाउनुका साथै नेपालको लागि पनि निकै उपलब्धी हुने बताए । साथै नेपालिज सार्इन्टिफिक प्यानेल (नेपसप) डेनमार्कले निकट भविष्यमा यस्तै कार्यक्रम युरोपव्यापी गरिने योजना रहेको उनले बताए ।

कन्फरेन्स व्यवस्थापन समितिमा डा. शैलेश मल्ल, डा. खेम बहादुर अधिकारी, डा. नविन अर्याल, डा. रवि कुमार क्षेत्री, रेवत कुमार ढकाल, रूपा मुनाकर्मी रहेका छन् ।

shares