October 20, 2017

सरकार विरोधी प्रदर्शनका क्रममा भेनेजुयलामा एक व्यक्तिलाई जिउँदै जलाइयो

काठमाण्डौ, ८ जेठ । भेनेजुयलामा सरकार विरोधी प्रदर्शनका क्रममा एक व्यक्तिलाई जिउँदै जलाइएको छ ।

प्रदर्शनको पचासौं दिन काराकास क्षेत्रमा २१ बर्षीय ओरालान्डो फिग्वेरा नामक युवकलाई जिउँदै जलाइएको हो । चोरीको आरोपमा जिउँदै जलाइएका ती युवकलाई चक्कु समेत प्रहार भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रदर्शनका दौरान एक विश्वविद्यालयका छात्रको गोली लागी मृत्यु भएको छ । यो सहित प्रदर्शनका दौरान मृत्यु हुनेको संख्या ४८ पुगेको छ । महान्यायाधिवक्ताका अनुसार पश्चिमी शहर वालेरामा प्रदर्शनकारीमाथि बन्दुकधारीले गोली चलाएका थिए ।

प्रदर्शनकारीले राष्ट्रपति निकोलास मादुराको राजीनामा माग गर्दै तत्काल चुनाव गर्न माग गरेका छन् ।