Breaking News

कपाल झरेर चिन्तित हुनुहुन्छ? जान्नुहोस् यी ४ घरेलु उपाय

कपाल झर्ने समस्याले हिजोअाज धेरै मानिसहरू पिरोल्लिरहेका हुन्छन् । चाहे महिला होस् वा पुरुष, कपाल झर्ने समस्या साझा समस्या बनेको छ । कतिपय मानिसको त कपाल यति धेरै झर्छ कि अाधुनिक प्रविधिको प्रयोग गरी कपाल ट्रान्सप्लान्ट गर्नुको विकल्प रहँदैन ।

यस्तैमा अाज हामी तपाइँहरूलार्इ यस्तो घरेलु तरिकाबारे चर्चा गर्दैछौं जसले कपाल झर्ने समस्या तुरुन्त हराएर जान्छ । यी तरिका अपनार्इ अाफ्नो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ:-

प्याजको रस

प्याजको रस कपालको लागि एकदम लाभदायक हुन्छ । १-२ प्याजलार्इ पिसेर त्यसको रस कपालको फेदमा राम्रोसँग लगाउनुहोस् । लगाएको एकदुर्इ घण्टापछि नुहाउनुहोस् । हप्तामा कम्तिमा २/३ पटक यसो गर्नुभयो भने केही समयमै फरक पाउनुहुनेछ ।

ग्रीन टी

कपाल झर्नबाट रोक्न ग्रीन टी पनि एउटा उत्तम विकल्प हो । अलिकति ग्रीन टीलार्इ पानीमा मिसार्इ उक्त घोल टाउकोमा लगाउनुहोस् र करिब १ घण्टापछि  धुनुहोस् । ग्रीन टीमा पाइने एन्टी-अक्सिडेन्ट तत्वले कपाल झर्न रोक्दछ ।

कपालको मालिस

कपालको मसाज गर्नाले पनि कपाल झर्ने समस्यालार्इ रोकथाम गर्न सकिने विज्ञहरू बताउँछन् । कपालमा जैतुन, नरिवल जस्ता तेलको प्रयोग गरी मसाज गर्न सकिन्छ । तेललार्इ हल्का तताएर हातले कपालमा बिस्तारै मालिस गर्नु पर्दछ । तेल लगाएर मसाज गरेपछि करिब ४ घण्टापछि मात्र कपाललार्इ धुनुपर्दछ ।

निम र एलोवेरा

निम एवं एलोवेरा पनि कपाल झर्न रोक्न सहायकसिद्ध हुन्छ । यी दुवैमा किटनाशक गुण हुने हुँदा कपालमा यसको प्रयोगले कपाल झर्न मात्र रोक्दैन, बरु कपाल झरेर नाङ्गिएको ठाउँमा पनि नयाँ कपाल उम्रिन सहयोग गर्दछ ।

यो पनि पढ्नुहोस्-

यस्ता छन् गर्मीमा काँच्चो प्याज खानुको ७ फाइदा

shares