October 22, 2017

सुर्खेतमा फेला पर्यो बम र गोलीहरु

सुर्खेत ६ बैशाख । सुर्खेतको वीरेन्द्रनगर चाइनापुल नजिकै बेबारिसे अवस्थामा १ थान हाते बम र ५ राउण्ड गोली फेला परेको छ ।  वीरेन्द्रनगरको शुभ होटल पछाडि पर्खालमा फेला परेको नेपाली सेनाकाे बम डिस्पोजल टोलीले निस्क्रिय पारेकाे छ । एसएलअार बन्दुकमा प्रयोग हुने उक्त पाँच थान गोली प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम र गोली कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेकाे प्रहरी ले बताएकाे छ ।