मधेशी मोर्चाले दोस्रो चरणको निर्वाचनमा भाग लिनेमा प्रधानमन्त्री विश्वस्त

काठमाण्डौ, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधशसी मोर्चाले दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरेका छन् ।

धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन पहिलो चरणको भन्दा पनि ठूलो उत्सवको रुपमा सम्पन्न हुने दाबी समेत गरे । साथै दोस्रो चरणको निर्वाचन समयमै सम्पन्न हुनेमा शंका नगर्न पनि आग्रह गरे ।

प्रधानमन्त्री दाहालले मधेशी मोर्चाको माग आंशिक भए पनि सम्बोधन गरेर निर्वाचनमा जाने पनि स्पष्ट पारे । मधेशको सम्पूर्ण माग एकै चोटी पूरा नभए पनि क्रमबद्ध रुपमा सम्बोधन गर्ने पक्षमा सरकार गम्भीर रहेको उनकोे भनाई छ ।

प्रधानमन्त्री दाहालले सरकार दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न जुिटरहेको जानकारी दिए । माओवादी केन्द्रको पोलिटब्यूरो समितिका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल धनुषा पुगेका हुन् ।