August 23, 2017

२ सय ६९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा एमाले नै अग्रस्थानमा

काठमाण्डौ, ७ जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको मतदानको परिणाम अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म २ सय ६९ नगरपालिका तथा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । पछिल्लो परिणामअनुसार एमालेले १ सय १५, कांग्रेसले १ सय एक र माओवादी केन्द्रले ४६ स्थानमा जित हासिल गरेका छन् ।

यसैगरी राप्रपा १, नयाँशक्ति १, नेपाल मजदूर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चा पार्टीले १ तहमा प्रमुख / अध्यक्ष पदमा जीत हासिल गरेका छन् । स्वतन्त्रका तीन जना गाउँपालिका अध्यक्ष चुनिएका छन् ।

मतगणनाको स्थिति हेर्दा एमाले र कांग्रेस ६/६ स्थानमा अगाडि रहेका छन् । एमालेबाट १ सय २२ उपप्रमुख / उपाध्यक्ष चुनिएका छन् । यस्तै कांग्रेसका ७८ र माओवादी केन्द्रका ४७ उपाध्यक्ष निर्वाचित भएका छन् । राप्रपाका ५ र स्वतन्त्र ५ उम्मेद्वार उपाध्यक्षमा विजयी भएका छन् ।

एमालेबाट २ सय ३३ वडाध्यक्ष चुनिएका छन् । कांग्रेसका १ सय ९२ र माओवादी केन्द्र १ सय २२ उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । राप्रपाका ११ जना र स्वतन्त्र ५ वडाध्यक्ष निर्वाचित भएका छन् ।