सौराहामा ज्योतिसँग भेटिए जोगिन्दर

गुञ्जनराज गिरी/काठमाण्डौ, १३ जेष्ठ । “प्यारो जोगिन्दर, सबैको जोगिन्दर” बोलको गीतको छायाँकन सम्पन्न भएको छ ।

उक्त गीतको शब्द संगीत महेश ज्ञवालीको रहेको छ । स्वर परराज पौडेल र सृजना गुरुङको छ भने भिडियोको निर्देशन सचिन थापा मगरले गरेका हुन् । उक्त म्युजिक भिडियोको कोरियोग्राफर कमल रार्इ हुन् भने भिडियोको छायांकन राम केसीले गरेका छन् ।

चितवनको सौराहामा सम्पूर्ण भिडियोको छायांकन गरिएको छ । भिडियोमा प्रमुख पात्रको रूपमा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता शिवशंकर रिजाल ‘जोगिन्दर’सँग चर्चित गायिका ज्योति मगर एकसाथ देखिने भएका छन् । साथै उक्त भिडियोमा परराज पौडेल, सिर्जना गुरुङ, नेत्र बानियाँ लगायतको अभिनय रहेको छ ।

दुर्इ हप्तापछि उक्त म्युजिक भिडियो बजारमा अाउने शब्द तथा संगीतकार महेश ज्ञवालीले बताए । हिमालय टेलिभिजनको चर्चित कार्यक्रम “जोगिन्दरके पान दुकान” कार्यक्रमका प्रस्तोतासमेत रहेका शिवशंकर रिजाल जोगिन्दरले भने, “मेरो तथा कार्यक्रमको नामबाट गीत सिर्जना गरिनु अाफैंमा एक कलाकारको उच्च कदर गरेको ठानेको छु । यस्तो किसिमको पात्रलार्इ लिएर बनाएको गीत नेपालमा पहिलो हुन सक्ने उनको ठोकुवा रहेको छ ।”