दोस्रो नेपाल हिप हप डान्स च्याम्पिएनसिप हुने

लोकेन्द्र / काठमाण्डौ, ७ जेठ । हिपहप इन्टरनेसनल नेपालको आयोजनामा भोलि राष्ट्रिय नाचघर जमलमा दोस्रो नेपाल हिप हप डान्स च्याम्पिएनसिप  हुने भएको छ ।

विभिन्न ठाउँबाट सहभागी जनाएका डान्सरहरुको छनोटको लागि विभिन्न देशका प्रख्यात हिप्प पप डान्सरको सहभागितामा छनोट गरिने  छ । नेपालबाट छनोट भएकाहरुलाई युएसए मा विश्वका विभिन्न देशबाट छनोट भएकाहरुसँगको प्रतिस्पर्धाबाट एक जना विश्व हिप हप डान्सर छनोट गरिने भएको छ ।

सन् २०१५ मा पहिलो नेपाल हिप हप डान्स च्याम्पिएनसिप भएको थियो ।