८ महिनाभित्र लाप्राकमा ५७४ घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्छौं: भवन भट्ट

काठमाण्डौ, १३ जेष्ठ । गैह्र अावासीय नेपाली (एनअारएन) का अध्यक्ष भवन भट्टले ८ महिनाभित्र गोरखा, लाप्राकको ५७४ घर र्निर्माण सम्पन्न गरी सरकारलार्इ हस्तान्तरण गर्ने र ६ महिनाभित्र संघको कार्यालय अाफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हिमालय टेलिभिजनको नियमित साप्ताहिक कार्यक्रम ‘धमलाको हमला’मा बोल्दै भट्टले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले एनअारएन उज्यालो नेपाल अभियान अन्तर्गत १ करोड एलर्इडी बल्बहरू सरकारसँगको सहकार्यमा अामजनतालार्इ सहुलियत दरमा उपलब्ध गराउने, सिन्धुलीगढी दरबारको पुनर्निर्माण एवं संरक्षण गर्ने, नौबिसेदेखि मुग्लिनसम्मको सडक खण्डमा सडक दूर्घटना न्यूनिकरण गर्न सडक सुरक्षाको अत्याधुनिक प्रविधिको परीक्षण प्रयोग गर्ने लगायतका योजनाहरूको कार्यान्वयनमा लागिरहेको बताए ।

एनअारएनले के गर्छ भन्ने भन्ने भन्दा पनि यसलार्इ यहाँका विभिन्न निकायले कसरी र के कार्य गर्न अभिप्रेरित गर्दछ भन्ने कुरा महत्वपूर्ण रहने अध्यक्ष भट्टले बताए । अन्तर्वार्ताकारसँग देशलार्इ समृद्ध कसरी बनाउन सकिन्छ भन्ने प्रश्नको जवाफमा वर्तमान सरकारलार्इ जापानलगायतका देशहरूबाट अार्थिक सहयोग जुटाउन राजकीय भ्रमण गराउने योजना रहेको पनि बताए ।

भट्टले अाफूले नेपालमा गरेको लगानी असफल नभएको भन्दै निकट भविष्यमै सबै लगानीले राम्रो प्रतिफल प्राप्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको अन्त्यमा उनले एउटा गीत पनि गाएर सुनाएका थिए । कार्यक्रम ‘धमलाको हमला’ अाइतबार साँझ ८ बजे हिमालय टेलिभिजनमा हेर्न सक्नुहुनेछ ।