Breaking News

मालिका इन्कर्पोरेटले भित्र्यायो अमेरिकन कम्पनी जेब्राकाे सूचना प्रविधि सेवा

काठमाण्डौ ११ जेठ । सूचना प्रविधिको क्षेत्रमा विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्र्याएकाे छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले उक्त प्रविधिकाे अाैपचारिकरुपमा उदघाटन गरे ।

सूचना प्रविधिलाई अधिकतम प्रयोग गरेर स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा अग्रणी सेवा पुर्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

स्मार्ट सवारी साधन अनुमतिपत्रको प्रतिक्षामा रहेका ११ लाख सवारी धनीलाई तीन महिनाभित्रै नेपालमा नै उपलब्ध गराउन सकिने मालिका इन्कर्पोरेट कम्पनी प्रालिका अध्यक्ष टीकाराम जोशीकाे भनाई छ ।

कार्यक्रममा पूर्वमन्त्री शर्माले प्रविधिको सही प्रयोग गरेर मानव जीवनलाई थप सहज र सरल बनाउन सकिने बताए ।  नेता शर्माले एक्काइसौँ शताब्दी प्रविधिको युग भएकाले नेपालले पनि त्यसलाई प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्ने र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सकिनेमा जोड दिए ।

यस्तो प्रविधिले ट्राफिक प्रहरीले सहजै अनुमतिपत्रको अध्ययन गर्ने, जरिवानाका लागि बिल काट्ने प्रविधि पनि उपयोगमा ल्याउन सकिने बताईएको छ ।

shares