Breaking News

दलित विद्यार्थीलाई संस्कृत पढन निषेध गरेपछि झापामा अधिकारकर्मी अान्दोलित

पंकज शर्मा / झापा ११ जेठ  । झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विधाश्रमले दलित विद्यार्थीलाई संस्कृत पठनपाठनबाट बञ्चित गरेपछि झापाका दलित अधिकारकर्मीहरु आन्दोलित बनेका छन् ।

भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विधाश्रमले इलाम नगरपालिका–५ बर्वोटे निवासी ८ बर्षीय अनाथ बालक विकास कार्की (डोली)लाई भर्ना लिन मानेनन । गुरुकुलका संस्कृत विद्यालयको प्रशासन शाखालाई आग्रह गर्दा समेत उनलाई भर्ना गर्न अस्वीकार गरेका थिए ।

दलित समुदायका बालक विकासलाई गुरुकुृलले भर्ना लिन अस्वीकार गरेपछि झापाका दलित अधिकारीकर्मीहरु आन्दोलित बनेका छन् । शिक्षामा जातीय विभेद गरेको भन्दै आपत्ति जनाउँदै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले एक साताअघि गुरुकुलमा तालाबन्दी गरेको थियो ।

तालाबन्दी गरेलगतै संगठनले जिल्ला प्रशासन कार्यालय झापा पुगी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई गुरुकुलभित्र हुने विभेद्लाई अन्त्य गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ, भने दलित अधिकारकर्मीहरुको समूहले स्थानीय सरकार भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

तालाबन्दी र ज्ञापनपत्र बुझाएको एक साता बित्न लाग्दा समेत कुनै पक्षबाट पहल नभएपछि दलित अधिकारीकर्मीहरु थप आन्दोलित बनेका छन्

सयौको संख्यामा भेला भएका दलित अधिकारकर्मीहरुले शुक्रवार सदरमुकाम भद्रपुरबाट निकालिएको विरोध प्रर्दशनसहितको र्यालीले दलितलाई विभेद गर्ने गुरुकुल बन्द गर, जातीय छुवाछुतको अन्त्य गर भन्दै चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजी गर्दै पुगेका र्यालीले गुरुकुलको बाहिरी गेटमा पुगेर १३ वटा कालो झण्डा लगाएका छन् । त्यसपश्चात फर्किएका र्याली मेची रंगशाला अगाडीको खुल्ला मैदानमा वृहत कोणसभा गर्दै सरकारलाई खबरदारी गरेका थिए ।

देशभरका गुरुकुल, विधापिठमा, सबै जाति,लिङ्गका विधार्थी अध्ययन गर्न पाउनुपर्ने, गुरुकुल आश्रम सञ्चालन पक्षले अमानवीय व्यवहार गरेकोले जातीय छुवाछूत तथा भेदभाव ( कसुर र सजाय) ऐन २०६८ बमोजिम हदैसम्म कारबाही गरिनुपर्ने, दलित भएकै कारण भर्ना लिन अस्वीकार गरेको विद्यार्थीलाई भर्ना गर्नुपर्ने, कुरिती र कुसंस्कारको संरक्षण गर्ने पाठशाला खारेजी गर्नुपर्ने माग अघि सार्दै गुरुकुलको सञ्चालक समितिका पदाधिकारी माथि जातीय भेदभाव तथा छुवाछुत विरुद्ध मुद्धा दर्ता गराउन दलित अधिकारीकर्मीहरु जिल्ला प्रहरी कार्यालय झापा पुगेका थिए ।

यता गुरुकुलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चापागाईले दलितहरुलाई गुरुकुलमा पढाउनु भन्दा बरु आफू जेल जान तयार रहेको प्रक्रिया दिर्दै आएका छन् ।

shares