August 17, 2017

धरान र इटहरीमा गाईकाे मासुकाे काराेवार बढेकाे खुलासा, २ क्वीन्टल मासु सहित एक जना पक्राउ

सुनसरी ६ बैशाख । सुनसरी प्रहरीले गाईको मासु सहित एकजनालाई पक्राउ गरेकाे छ ।

को १ ज २४२५ नम्बरकोभाडाकाे म्याजिक भ्यानमा धरान लैजादै गरेको १ सय ८० केजी गाईको मासु सहित सुनसरी नरसिङका अख्तर मन्सुरीलाई प्रहरीले पक्राउ गरेकाे हो ।

गाईकाे मासु लोड भएको म्याजिक भ्यानको कागजात ट्राफिक प्रहरीले जाँच गर्नेक्रममा गाईकाे मासु पक्राउ परेकाे हो । सुनसरी जिल्लामा गाै हत्या गरी मासु बेच्ने  घटना धेरै पटक सार्वजनिक भएका छन ।  पक्राउ परेका अख्तर मन्सुरीले  इटहरी, धरान लगायतका शहरमा गाईकाे मासुकाे माग धेरै रहेकाे बयान दिएका छन ।

प्रहरीले इटहरी धरान लगायतका ठुला होटल तथा क्याटरिङहरुले समेत गाईकाे मासु उपभोगमा ल्याउने गरेको आशंका गरेको छ । प्रहरीसँग सुनसरीको नरसिङ, भोक्राहा, इनरुवा, झुम्का लगायतका क्षेत्रमा गौवध हुने गरेको सुचना भएपनि कार्वाही अगाडी बढाउन सकेकाे छैन ।
मुलुकी ऐनको १२ औं संशोधन २०७२ को चौपाया महलको ११ नम्बरमा जानीजानी गाई गोरु मार्नेलाई १२ वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।