Breaking News

आइपिएलको दशौं संस्करणको उपाधि कसको पोल्टामा पर्ला ?

काठमाण्डौ, ७ जेठ । मुम्बई इण्डियन्स् र राइजिङ पुने सुपर जायन्टस् आइपिएलको दशौं संस्करणको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन् ।

हैदराबादको मैदानमा नेपाली समयअनुसार राति सवा आठ बजे हुने फाइनलमा यी दुई टोली भिड्न लागेका हुन् । पहिलो क्वालिफायर खेलमा मुम्बईलाई नै २० रनले हराउँदै पुने फाइनलमा प्रवेश गरेका थियो । त्यस्तै, दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पाखा लगाउँदै मुम्बईले फाइनलमा स्थान बनाएको थियो ।

जारी सिजनमा मुम्बई र पुनेबीच भएका तीन भेटमा पुनेले सबै खेल जितेको छ । जारी सिजन मुम्बई विरुद्धको अपराजित यात्रालाई नै निरन्तरता दिँदै पुने पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ । यता, आजको खेल जित्दै मुम्बई आइपिएलको सर्वाधिक सफल टिम बन्न चाहन्छ । मुम्बईले सन् २०१३ र २०१५ मा गरी दुई पटक उपाधि जितिसकेको छ ।

shares