भारतीय गायक कैलाश खेर काठमाण्डौमा

गुञ्जनराज गिरी/काठमाण्डौ, १० जेष्ठ । भारतका चर्चित गायक कैलाश खेर भारतीय दूतावासको निमन्त्रणामा नेपाल अाएका छन् ।

भारतीय स्वतन्त्रता दिवस तथा नेपाल-भारत कुटनीतिक सम्बन्धको ७० अौं वर्षको पूर्वसन्ध्यामा काठमाण्डौस्थित भारतीय दूतावासमा अायोजना हुने कार्यक्रममा सहभागी हुन गायक खेर काठमाण्डौ अाएका हुन् । बिहीबार बेलुका दूतावासमा उनको एकल प्रस्तुती रहने दूतावासले जनाएको छ ।

कैलाश खेरले बिहीबार बिहान पशुपतिनाथस्थित नन्दीगौशालामा ‘अापणो नेपाल’ परिवारद्वारा सञ्चालित दैनिक निशुल्क भोजनमा सहभागी भर्इ तीर्थालु भक्तजन एवम् दीनदुखीहरूलार्इ भोजन वितरणपछि बोल्दै खेरले भने, “यस महान यज्ञमा एक अाहुती दिने अवसर प्रदान गर्नुभएकोमा दयाराम अग्रवालप्रति कृतज्ञता व्यक्त गर्दछु ।” सोही अवसरमा खेरले नन्दीगौशालामा रहेका गार्इहरूलार्इसमेत खुवाएका थिए । त्यसलगत्तै खेरले पशुपतिनाथमा विशेष पूजा अाराधना गरेका थिए । पूजा गर्ने क्रममा पूजारीको अाग्रहमा खेरले शिव-ताण्डव स्तुती गाएका थिए ।

पशुपतिनाथ दर्शनपश्चात् हिमालय टेलिभिजनसँग कुराकानी गर्दै उनले भने, “भारतका महत्वपूर्ण ज्योतिर्लिङ्ग (चारधाम) को दर्शनपछि पशुपतिनाथको दर्शनले मात्र पूण्य प्राप्त हुने धार्मिक विश्वास रहिअाएको छ । त्यसैअनुरुप अाज पशुपतिनाथको दर्शन गर्न पाउँदा एक हिन्दू हुनुमा गर्व लागेको छ । पशुपतिनाथको कृपाले नेपाल भारत-सम्बन्ध उच्च रहोस् भन्ने कामना गर्दछु । नेपालमा पनि मेरा थुप्रै दर्शक स्रोताहरू हुनुहुन्छ । मेरा गीत संगीत नेपालीहरूले मन पराइदिनुभएको छ, त्यसका लागि पनि सम्पूर्ण नेपालीहरूलार्इ धेरै धेरै धन्यवाद दिन चाहन्छु । पशुपतिनाथ पुग्दा मप्रति जुन किसिमको उत्साहजनक उपस्थितिले मलार्इ निकै हौसला प्रदान गर्यो, सबैसँग प्रत्यक्ष भेटघाट गर्न नपाएपनि यस्तो किसिमको सहभागिताले मलगायत गीत संगीतमा लाग्ने व्यक्तिहरूलार्इ ऊर्जा मिलेको महसूस गरेको छु ।”

 

 

फोटो: गुञ्जनराज गिरी