टीकापुर पार्कमा पक्की स्वागत गेट बन्ने

मात्रिका तिमिल्सेना/ टीकापुर १० जेठ । टीकापुर नगरपालिकाले टीकापुर पार्क प्रवेश क्षेत्रमा पक्की स्वागत गेट निर्माण गर्ने तयारी गरेकाे छ ।

गेट निर्माणका लागि पार्क प्रवेश क्षेत्रमा जग्गा अतिक्रमण गरी बनेका घर टहरा भत्काउन सुरु गरेकाे छ । स्थानिय वासिन्दा र जनप्रतिनिधिहरुकाे सक्रियतामा घर टहरा भत्काउन थालिएकाे हो ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले गेट निमार्णका लागि बजेटकाे व्यवस्था भइसकेकाे र अब टेण्डर प्रक्रियामा जान मात्र बाँकी रहेकाे बताए ।

टीकापुर पार्कलाई नगरकै गौरबको योजना घोषणा गरेर काम थालेकाे नगर प्रमुख रावलले बताए ।