चलचित्र ‘बाबु कान्छा’को फष्टलुक पोष्टर सार्वजनिक, रिलिज मिति पनि घोषणा

काठमाण्डौ, १० जेष्ठ । चलचित्र ‘बाबु कान्छा’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोष्टर अौपचारिक रूपमा सार्वजनिक गरेसँगै रिलिज मिति पनि घोषणा गरिएको छ । चलचित्र असार २९ गते बाट प्रदर्शनमा आउने तय भएको छ ।

चलचित्र ‘ए मेरो हजुर २’ बाट निकै तारिफ बटुलेका सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘बाबु कान्छा’ पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई नै पोस्टरमा समावेश गरिएको छ । पछिल्लो समय बढ्दो व्यस्ततासहित दर्शकको अपार माया एवं चौतर्फी तारिफ बटुलिरहेका सलोनले चलचित्र ‘बाबु कान्छा’ बाट पनि दर्शकको माया अझ धेरै पाउने अाशा व्यक्त गरेका छन् ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला , करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको सशक्त अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन्।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रूपमा रहेका छन् ।बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले चलचित्र ‘कर्णविर’मा समावेश चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।