Breaking News

बेहडाबाबामा गंगादशहरा मेला सुरु, ४ लाख दर्शनार्थी अाउने अपेक्षा (फोटो फिचर)

धनगढी १० जेठ ।  कैलालीकाे प्रमुख धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु भएकाे छ । यो मेला प्रत्येक बर्ष अायोजना गरिन्छ ।

धनगढी उपमहानगरपालिका–१६  रामपुरमा रहेकाे बेहडाबाबा मन्दिरमा गगांदशहरा मेलामा नेपाल तथा भारतका गरी ४ लाख दर्शनार्थीहरू अाउने अपेक्षा गरिएकाे जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापा बताउछन । बेहडाबाबाकाे दर्शन गर्न नेपाली भन्दा पनि भारतीयहरु बढी अाउने गरेकाे थापाले बताए ।

भारतकाे उत्तरप्रदेश र उत्तराखण्डमा बेहडाबाबा मंदिर प्रसिद्द छ । यो बर्ष कैलाली भ्रमण बर्ष चलिरहेकालेपनि बेहडाबाबा मंदिरलाई विशेषरुपमा सिंगारिएकाे छ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार मेलाकाे उद्घाटन गरे । मेला जेठ ९ देखि १४ गतेसम्म चल्ने भएको छ ।

मेलाकाे बारेमा भारतको उत्तर प्रदेशस्थित विभिन्न शहरहरूमा  प्रचार- प्रसार गरिएको छ । भारतीय दर्शनार्थीहरूलाई सीमा नाका (गौरीफन्टा नाका)मै सर्बत पानी खुवाएर स्वागत गरिने गरिने र ‘सीमा नाकामै खानेपानी र मन्दिरसम्म ल्याइपुर्याउन बस सेवा सञ्चालन गरिएकाे छ ।

बेहडाबाबाकाे दर्शन गरेपछि पत्नीलाभ, पुत्रलाभ, धनलाभ लगायत धेरै मनोकांक्षा पुरा हुने जनविश्वास रही अाएकाे छ । प्रचिनकालमा यस स्थानमा शिवलिंग भेटिएपछि मंदिरस्थापना गरिएकाे स्थानियकाे भनाई छ ।

बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चोकबाट १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करीब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।

फोटोहरु : पत्रकार मात्रिका तिमिल्सेना

shares