Breaking News

सुन प्रकरणमा जेल चलान २८ अभियुक्तलार्इ ठाउँको अभावमा झुम्का लगिने

विराटनगर, ९ जेष्ठ । जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पूर्पक्षका लागि जेल चलान गरिएका २८ अभियुक्तलाई क्षेत्रीय कारागार झुम्का लगिने भएको छ ।

अदालतले एसएसपी दिवेश लोहनीसहित २८ जनालाई मंगलबार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो । तर, कारागारमा ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान लागिएको हो। अदालतबाट स्वीकृति लिएर मात्र अर्को कारागार लैजाने कानुनी व्यवस्था छ।

मोरङ कारागारमा ठाउँ नहुँदा २८ जनालाई अहिलेसम्म जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा नै राखिएको छ । अदालतबाट आदेश आएपछिमात्र झुम्का लगिने छ।

पूर्पक्षका लागि थुनामा पठाइएका एसएसपी दिवेश लोहनी, पूर्वडिआइजी गोविन्द निरौला लगायत २८ जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा नै राखिएको थियो । गोरेलाई भने छुट्टै राखिएको थियो ।

shares