Breaking News

भक्तपुर नलिन्चोकमा ट्रिपरको ठक्करले तीनको मृत्यु

भक्तपुर ९ जेठ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोक सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बनेपाबाट भक्तपुरतर्फ आइरहेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा ३ ख ६६७४ नम्बरको ट्रिपरले पछाडीबाट ठक्कर दिदाँ स्कुटरमा सवार तीनजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेले जानकारी दिए ।

घटनापछि उपचारका लागि भक्तपुर अस्पताल लगिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीे बताएकाे छ।  दुर्घटनामा स्कुटर चालक भक्तपुर लोकन्थलीका ५० वर्षका हरि कट्वाल, ३६ वर्षकी सविता घिमिरे, र १३ वर्षका बालक अर्विन घिमिरेको मृत्यु भएको छ । बालक अर्विन सविताका छोरा हुन् ।

ट्रिपरका चालक फरार रहेका छन् भने गाडी र स्कुटर जगाती प्रहरीको नियन्त्रणमा राखिएको छ । फरार चालकको खोजी भइरहेको जगाती प्रहरीले बताएको छ ।

shares