Breaking News

‘गोरे’को थुनछेक बयान सुरु

विराटनगर, ९ जेष्ठ । ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को थुनछेक बयान जिल्ला अदालत मोरङमा  सुरु भएको छ ।

सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानविन समितिले मंगलबार बिहान काठमाण्डौको गौरीघाटबाट पक्राउ गरी उनलाई गृहमन्त्रालयमा पत्रकार सम्मेलनमा सार्वजनिक गरिएपछि अपरान्ह जिल्ला अदालत मोरङमा उपस्थित गराइएको थियो ।

जिल्ला अदालतले मंगबार ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्न आदेश दिएको थियो । गोरेको बयान सकिएपछि थुनछेक बहस हुने जिल्ला अदालतले जनाएको छ ।

गोरेको बयानलार्इ सबैतिर चासोको विषयको रूपमा हेरिएको छ । उनको बयानले अाफ्नो मात्र नभर्इ सुन तस्करीमा संलग्न अन्य ठूला व्यक्तिहरूको संलग्नताको बारेमा पोल खुल्न सक्ने अांकलन गरिएको छ ।

मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको भन्दै सरकारी वकिलको कार्यालयले उक्त रकम विगोका रूपमा उनीहरूसँग असुल हुनुपर्ने माग–दावीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।

shares