Breaking News

‘गोरे’ विराटनगर पुर्‍याइयो, केहीबेरपछि अदालतमा पेश गरिंदै

विराटनगर, जेष्ठ । ३३ केजी सुनकाण्डका नाइके तथा सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई विराटनगर पुर्‍याइएको छ ।

यति एयरलाइन्सको विमानमार्फत उनलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल पुर्‍याइएको थियो । सेतो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन ।

अहिले गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जनाइएको छ । प्रहरीले केही बेरपछि जिल्ला अदालत मोरङमा पेश गर्ने जनाएको छ ।

मंगलबार बिहानै पक्राउ परेका गोरेलार्इ गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि बिराटनगर लगिएको हो ।

अन्य सम्बन्धित समाचार-

सुन तस्करका नाइके गोरे सार्वजनिक, काठमाण्डौबाटै पक्राउ परेको जानकारी

सुन तस्करी गिरोहका नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

shares