August 21, 2017

उत्तर कोरियाकाे फेरी अर्काे मिसाइल परीक्षण

काठमाण्डौ, ७ जेठ । उत्तर कोरियाली फेरी एकपटक मिसाइल परीक्षण गरेको सूचना दक्षिण कोरियाली सेनाले बताएका छन् ।

स्थानीय समय अनुसार आईतबार दिउँसोतिर उत्तर कोरियाले मिसाइल परीक्षण गरेको बताइएको छ । यो परीक्षण उत्तर कोरियाले गरेको पछिल्ला तीन परीक्षण भन्दा मध्यम स्तरको हो ।

पछिल्लो सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङ (उत्तर कोरियाको राजधानी) लाई मिसाइल परीक्षण नगर्न चेतावनी दिएको थियो । सुरक्षा परिषद्ले निकै कडाइका साथ परमाणु हतियारबाट टाढा रहन आग्रह गरेको थियो ।

उक्त मिसाइल ५ सय किलोमिटर टाढा जापानी समुद्रमा गिरेको ज्वाइन्ट चिफ अफ स्टाफले दक्षिण कोरियाको समाचार संस्थालाई बताए । यो घटनालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले गम्भिरताको साथ लिएको र राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएका छन् ।