सुन तस्करका नाइके गोरे सार्वजनिक, काठमाण्डौबाटै पक्राउ परेको जानकारी

काठमाण्डौ, ८ जेष्ठ । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जानकारी दिएको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलले गाेरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । उनको अनुसार गोरेलाई आजै मोरङ जिल्ला अधालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको छ।

गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा बिहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको समितिले जनाएको छ । ५ वर्षदेखि सुन तस्करी गरिरहेका उनी पक्राउ परेसँगै घटनाले अर्कै मोड लिने गृहमन्त्रालयको छानबिन समितिको बुझाइ छ।

सुन तस्करका मूख्य अभियुक्त गोरे र एसएपी श्याम खत्री फरार रहेकोमा गोरे पक्राउ परेका छन् भने श्याम खत्री भने अझै पक्राउ पर्न सकेका छैनन् ।