Breaking News

सुन तस्करी गिरोहका नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

काठमाण्डौ, ८ जेष्ठ । विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै अाएका गिरोहका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।

गृह मन्त्रालयको विशेष छानबिन समितिले उनलाई पक्राउ गरेको बुझिएको छ । समितिका एसएसपी बसन्त लामाले गोरे विदेशमा समातिएको पुष्टि गरेका हुन् । दिउँसो साढे १२ बजे उनलाई सार्वजनिक गर्न प्रहरीले मंगलबार दिउँसो साढे १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरिंदैछ।

विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए। गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए । शाक्य गोरेको मातहतमा काम गर्ने गर्थे ।

शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने सिलसिलामा उनको तस्करीको इतिवृतान्त पर्दाफास भएको हो । सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ, जसमध्ये ८ जना प्रहरी अधिकारीहरू रहेका छन् ।

shares