October 17, 2017

चितवनको कालिका नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

काठमाण्डौ, ७ जेठ । चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका उम्मेदवार खुम नारायण श्रेष्ठ ७ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका हुन् । निकै प्रतिस्पर्धात्मक मतगणनामा कांग्रेसका उम्मेदवार कमल प्रसाद आचार्य ३ सय २८ मतले पछाडि परे ।

त्यस्तै उपमेयरमा पनि एमालेकी उम्मेदवार कमला भट्टराइ ७ हजार ५ सय ३५ मतका साथ विजयी भइन् । कांग्रेसकी उम्मेदवार निरुजा श्रेष्ठले ६ हजार ७ सय २० मत प्राप्त गरिन् ।