October 20, 2017

भरतपुरमा एमाले र माअाेवादीबीच रस्साकस्सी कायमै

काठमाण्डौ, ७ जेठ । प्रदेश नम्बर ३ अन्तर्गत चितवनको महानगरपालिका भरतपुरमा एमाले र माओवादीको महाभिडन्त कायमै छ ।

ताजा मतगणनाको परिणाम आइरहँदा  एमालेको उम्मेदवार देवी ज्ञवाली र माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालबीच रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ ।

एमालेका देवी १८ हजार १ सय ८५ मतका साथ अग्रस्थानमा रहँदा रेणु १ हजारभन्दा बढि मतले पछाडि रहेकी छिन् । उनको १७ हजार १ सय ४४ मत छ । त्यस्तै राप्रपाका बद्रि तिमल्सिना निकै कम मतका साथ तेस्रो स्थानमा रहेका छन् ।