Breaking News

दोस्रो रास्ट्रिय युवा कृषि उद्यम सम्मेलन २०७५ काठमाण्डौमा सुरु

काठमाण्डौ ६ जेठ । फोर एच नेपाल को आयोजनामा आज बाट दोस्रो रास्ट्रिय युवा कृषि उद्यम सम्मेलन २०७५ आइतबारदेखि काठमाडौं सुरु भएको छ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिक) को प्रमुख आतिथ्यता मा सुरु भएको सम्मेलनमा देशभर बाट २ सय बढी युवा कृषि उधमीहरु को सहभागिता रहेको छ।

कार्यक्रमका प्रमुख अतिथी बिक ले सम्मेलनको उद्घाटन गर्दै समाजबाट अपहेलित र युवाहरूको रोजाईमा पर्न नसकेको कृषि पेसा लाई आधुनिकीकरण र बैज्ञानिक पद्धतिले अघि बढाउने बताउदै सरकारले कृषिको उद्यमसिलतामा नितिगत रुपमा ठोस कार्य गर्ने बताए।

सोही अवसरमा बोल्दै मन्त्री बिकले युवा पलायन रोक्न नितिगत तहमै पहल गर्ने बताए । सम्मेलन उदघाटनका अवसरमा प्रतिनिधि सभा सदस्य प्रकाश स्नेही , प्रदेश न ५ कि भुमिसुधर ,कृषि तथा सहकारी मन्त्री आरती पौडेल, कृषि बिज्ञ डा. मार्कनडे राय लगायतले विचार व्यक्त गरेका थिए ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीको अध्यक्षतामा भएको सम्मेलनमा पहिलो दिन डा. ऋषिकेश पाण्डे , डा. चिरञ्जीवी भट्टराई , डा. निर्मलमणी अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

shares