August 17, 2017

संविधान संशोधन नभएपनि निर्वाचनमा भाग लिन्छौं– नेता महेन्द्र राय

काठमाण्डौ, ६ जेठ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफूहरु निर्वाचनमा सहभागी हुने बताएका छन् ।

आज काठमाण्डौमा गरिएको अन्तरक्रियामा उनले यस्तो धारणा राखेका हुन् । यद्यपि, निर्वाचनमा जानुभन्दा पहिले सरकारले स्थानीय तहको संख्या भने वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जुँगाको लडाई गरिरहेको र मुलुकलाई बन्धक बनाएको समेत उनको आरोप छ । त्यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

पहिलो चरणको निर्वाचनमा आशा गरे अनुरुप मत नआएकोले आगामी निर्वाचनमा सुधार गर्दै केन्द्रीय संसदको निर्वाचनमा पहिलो हुने उनको दाबी थियो ।