October 22, 2017

सप्तरीमा दुई थान पेस्तोल सहित दुई जना पक्राउ

दिनेश शर्मा/ राजविराज, ६ वैशाख । गैरकानुनी हतियार सहित सप्तरीका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गमरिया प्रवाहको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्लाको कल्याणपुर ३ वस्ने मो. मन्जुरको छोरा २६ वर्षिय मो. तैयद मियाँ र जमुनी मधेपुरा ६ वस्ने दिल मोहम्मदको छोरा मो. जुमरासी मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथवाट एक थान चाईनिज र कटुवा पेस्तोल वरामद भएको प्रहरीले जनाएको छ ।सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीका अनुसार पक्राउ परेका मध्ये तैयद मियाँको साथवाट पेस्तोल वरामद भएको हो ।

खुट्टामा कपडाले वाँधेर लुकाई राखेको अवस्थामा पेस्तोल फेला परेपछि दुवैलाई पक्राउ गरिएको उनको भनाई छ । राती गस्ति गरीरहेको प्रहरीलाई देखेर भागेपछि शंका लागेर नियन्त्रणमा लिई चेकजाँच गर्दा हतियार वरामद भएको हो । दुवैलाई मंगलवार जिल्ला प्रहरी कार्यालयमा झिकाएर थप अनुसन्धान सुरु गरिएको डिएसपी अधिकारीले वताए ।